
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बैठक बसेको हो।
बैठकमा पछिल्लो समय देशमा विकसित सुरक्षा अवस्था तथा समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ।
हालै सुनसरीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यस क्षेत्रसहित केही जिल्लामा सामाजिक सद्भाव प्रभावित हुने गतिविधि देखिएको भन्दै सरकारले त्यसलाई गम्भीर रूपमा लिएको छ। सोही विषयलगायत समग्र सुरक्षा अवस्थाबारे बैठकमा छलफल हुने बताइएको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव सदस्य रहने कानुनी व्यवस्था छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
