२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बजारमा देखिएको ग्यासको समस्या अभावका कारण नभई वितरण प्रणालीमा आएको असन्तुलनका कारण भएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ग्यास आपूर्ति व्यवस्थापनबारे छलफल गर्दै उनले आधा सिलिण्डर भर्ने व्यवस्था हटाएर पूर्ण १४ केजी ग्यास वितरण सुरु भएपछि बजारमा एकैपटक धेरै सिलिण्डर आउँदा वितरण प्रणालीमा चाप परेको बताए।

उनका अनुसार पछिल्लो तीन महिनाको तथ्यांक विश्लेषण गर्दा करिब ७० लाख सिलिण्डर रिफिल हुनुपर्नेमा ५४ लाख सिलिण्डर मात्रै रिफिल भएर बजारमा पुगेका छन्। यस अवधिमा करिब २३ लाख सिलिण्डर रिफिल हुन नसकेको तथ्यांकले देखाएको उनले जानकारी दिए।

सचिव दुवाडीले पूर्ण सिलिण्डर वितरण प्रणाली लागू भएपछि एकैचोटि धेरै सिलिण्डर बजारमा आउँदा ग्यासको माग अस्वाभाविक रूपमा बढेको बताए। यसअघि मासिक ४६–४७ हजार मेट्रिक टनको हाराहारीमा रहेको माग अहिले करिब ६० हजार मेट्रिक टन पुगेको उनको भनाइ छ।

उनले भारतको इन्डियन आयल कर्पोरेसनसँग कम्तीमा एकदेखि डेढ महिनाका लागि थप ग्यास आपूर्ति गर्न आग्रह गरिएको जानकारी दिए। हाल ६० हजार मेट्रिक टन आपूर्ति नभए पनि करिब ५० हजार मेट्रिक टन ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए।

साउन १९ गतेसम्म ३१ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको उल्लेख गर्दै उनले केही समय ग्यास आपूर्तिमा दबाब कायम रहने बताए।

उनका अनुसार हाल ४१ जिल्लामा ग्यास आपूर्तिमा ठूलो समस्या छैन। तर २८ जिल्लामा केही समस्या देखिएको र करिब आठ जिल्लामा विशेष व्यवस्थापन तथा निगरानी आवश्यक रहेको मन्त्रालयको निष्कर्ष छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय