२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले काठमाडौंबाट स्थानान्तरण गरिएका ३८८ परिवारमध्ये ५१ परिवारको जग्गा भेटिएको दाबी गरेकी छन्। जग्गा भएका परिवार सुकुमबासी नभई हुकुमबासी रहेको पाइएपछि उनीहरूको निवेदन अस्वीकृत गर्दै कारबाही प्रक्रिया अघि बढाइएको उनले बताइन्।

सरकारले काठमाडौंका नदी तथा खोला किनारमा जोखिमपूर्ण रूपमा बसोबास गरिरहेका ३८८ परिवारलाई त्यहाँबाट हटाएर सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो। तीमध्ये अधिकांशलाई होल्डिङ सेन्टरमा राखेर व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ।

मन्त्री रावलका अनुसार होल्डिङ सेन्टरमा रहेका ३८८ परिवारको लगत संकलन गरी विस्तृत विवरण तयार पारिएको थियो। सोही क्रममा ५८ परिवारको निवेदन सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाइएको र ५१ परिवारको नाममा जग्गा भेटिएपछि उनीहरूको सुकुमबासी निवेदन अस्वीकृत गरिएको हो।

उनले ५१ परिवारको विवरण यसअघि नै आयोगमा दर्ता रहेको उल्लेख गर्दै उनीहरूका सम्बन्धमा छुट्टै सूचना प्रकाशित गरिने जानकारी दिइन्।

मन्त्री रावलले वास्तविक सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार गम्भीरतापूर्वक काम गरिरहेको पनि बताइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय