
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवल शम्शेर राणा र दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ घोषणा गर्ने भएका छन्।
उनीहरूले साउन २८ गते पार्टी घोषणा गर्दै सोही दिन निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने तयारी गरेका छन्।
नेता सगुन लावतीका अनुसार नयाँ पार्टीको अध्यक्षमा धवल शम्शेर राणा रहनेछन् भने दुर्गा प्रसाईं सर्वोच्च नेताको भूमिकामा रहनेछन्।
पार्टी गठनको तयारीका लागि यसअघि नै विभिन्न समिति गठन गरिएको थियो। बुधबार बसेको तयारी समितिको बैठकले ‘जय नेपाल’ नाममा पार्टी खोल्ने निर्णय गरेको लावतीले जानकारी दिए।
धवल शम्शेर राणाले गत जेठ १७ गते राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका थिए। त्यसक्रममा पार्टीका विभिन्न तहका १८५ जना नेताले पनि राप्रपा छाडेका थिए।
दुर्गा प्रसाईं भने केही वर्षदेखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ सञ्चालन गर्दै आएका छन्।
दुवै नेताबीच गत जेठ २२ गते नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको थियो।
नेता लावतीका अनुसार नयाँ पार्टीले संवैधानिक राजतन्त्र र सनातन धर्मको पक्षमा उभिने प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण गर्ने
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
