
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीका सहमहामन्त्री हरि ढकालका अनुसार साउन १३ गते बसेको केन्द्रीय समितिको निर्णयअनुसार उक्त अभियान सुरु गर्न लागिएको हो।
अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न तथा आवश्यक समन्वय र सहजीकरण गर्न हरेक दिन पार्टीका दुई जना प्रतिनिधि केन्द्रीय कार्यालयमा रहने व्यवस्था गरिएको छ।
रास्वपाका अनुसार ती प्रतिनिधिमध्ये कम्तीमा एक जना प्रतिनिधिसभा सदस्य अनिवार्य रूपमा उपस्थित रहनेछन्।
पार्टीले अभियानमार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका गुनासा, समस्या र सुझाव सम्बन्धित निकायसम्म पुर्याउने तथा समाधानका लागि आवश्यक पहल गर्ने जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
