२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

भदौ १० गते आएको भोटेकोशी बाढीका क्रममा विभिन्न स्थानबाट संकलन गरिएका ८५ शव काठमाडौँमा ‘व्यवस्थापन संरक्षण’ भन्दै जमिनमा पुरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३ को पहिलो संशोधनअनुसार डीएनए नमुना सुरक्षित राखेर शवको ‘व्यवस्थापन संरक्षण’ गरिएको हो ।

ती शवहरू यसअघि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएका थिए । पछि गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकास्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको वन क्षेत्रमा पुरिएको प्रहरीले जनाएको छ ।

शवहरूको डीएनए परीक्षणपछि आफन्तले दाबी गरेमा शव उपलब्ध गराइने भएको छ ।

यसका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरी परिसरले आग्रह गरेको छ ।

शवहरूको व्यवस्थापन आईसीआरसी प्रोटोकलअनुसार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले बताए ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय