२०८२ मंसिर २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो | १०८ प्रतिनिधिको नाममा एकलौटी निर्णय भएको पोखरेल पक्षको आरोप | एमाले ११औँ महाधिवेशन : कडा सुरक्षा व्यवस्थाबीच सल्लाघारीमा प्रतिनिधिहरूको प्रवेश | रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा |

लगातारको वर्षाका कारण त्रिशूली नदीमा बाढीको खतरा बढेसँगै जिल्ला प्रशासन कार्यालय (जिप्रका) धादिङले नदी किनार क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रशासनले एक सूचना जारी गर्दै त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सम्भावित बाढीको जोखिमप्रति सचेत रहन र अनावश्यक रुपमा नदीको नजिक नजान अनुरोध गरेको छ।

सूचना अनुसार त्रिशूली नदीको उपल्लो क्षेत्र — नुवाकोट र रसुवा — मा अत्यधिक वर्षा भइरहेको हुँदा नदीमा पानीको बहाव एक्कासि बढ्न सक्ने अवस्था रहेको छ। यसले सडक, पुल र अन्य भौतिक संरचनामा क्षति पुर्‍याउने सम्भावना पनि बढेको प्रशासनको भनाइ छ।

प्रशासनले नदी किनारमा रहेका बासिन्दाहरूलाई आवश्यकता नपरेसम्म नदीको छेउमा नजान, बालबालिका तथा पशु चौपाया सुरक्षित स्थानमा राख्न र जोखिम क्षेत्रमा रहेका नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ।

प्रशासनले सबैलाई सतर्क रहनुका साथै सूचना प्रवाहमा सहयोग गर्न र आपतकालीन अवस्थाको खण्डमा सम्बन्धित निकायसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय