२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

लगातारको वर्षाका कारण त्रिशूली नदीमा बाढीको खतरा बढेसँगै जिल्ला प्रशासन कार्यालय (जिप्रका) धादिङले नदी किनार क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रशासनले एक सूचना जारी गर्दै त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सम्भावित बाढीको जोखिमप्रति सचेत रहन र अनावश्यक रुपमा नदीको नजिक नजान अनुरोध गरेको छ।

सूचना अनुसार त्रिशूली नदीको उपल्लो क्षेत्र — नुवाकोट र रसुवा — मा अत्यधिक वर्षा भइरहेको हुँदा नदीमा पानीको बहाव एक्कासि बढ्न सक्ने अवस्था रहेको छ। यसले सडक, पुल र अन्य भौतिक संरचनामा क्षति पुर्‍याउने सम्भावना पनि बढेको प्रशासनको भनाइ छ।

प्रशासनले नदी किनारमा रहेका बासिन्दाहरूलाई आवश्यकता नपरेसम्म नदीको छेउमा नजान, बालबालिका तथा पशु चौपाया सुरक्षित स्थानमा राख्न र जोखिम क्षेत्रमा रहेका नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ।

प्रशासनले सबैलाई सतर्क रहनुका साथै सूचना प्रवाहमा सहयोग गर्न र आपतकालीन अवस्थाको खण्डमा सम्बन्धित निकायसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय