२०८२ मंसिर २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो | १०८ प्रतिनिधिको नाममा एकलौटी निर्णय भएको पोखरेल पक्षको आरोप | एमाले ११औँ महाधिवेशन : कडा सुरक्षा व्यवस्थाबीच सल्लाघारीमा प्रतिनिधिहरूको प्रवेश | रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा |

त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

नुवाकोट — एक्कासि आएको बाढीले त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा दाउरा काट्न गएका पाल्देन तामाङ (६७) र उनकी श्रीमती मंगली तामाङ (६२) बाढीले घेरिएपछि सिसौको रुखको आड लिएर ज्यान जोगाइरहेका थिए। उनीहरू बिदुर नगरपालिका–१, लभडाँडा मिलनचौताराका बासिन्दा हुन्।

चीनतर्फको भारी वर्षाले एक्कासि नदीमा बाढी आएपछि उनीहरू साढे दुई घण्टासम्म फसेका थिए। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावा र तीव्र पानीको बहावका कारण उद्धारमा कठिनाइ भएको थियो। अन्ततः हेलिकप्टरमार्फत सकुशल उद्दार गरिएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय