२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

रसुवाको भोटेकोसी नदीमा मंगलबार बिहान एक्कासी आएको भीषण बाढीमा परी प्रहरीसहित करिब १७ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीका अनुसार तीन जना सुरक्षाकर्मीसहित स्थानीय तथा मजदुरहरू बेपत्ता भएका हुन्। “संख्या यकिन भइसकेको छैन,” डिएसपी शाहीले सञ्चारकर्मीलाई बताए, “तर करिब १६–१७ जना हराइरहेका छन्। हामी उद्धारमा खटिएका छौँ।”

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बेपत्तामध्ये तीन जना नेपाल प्रहरी, ६ जना नेपाली कामदार, ४ जना चिनियाँ मजदुर र २ जना सवारी चालक रहेको जानकारी दिए।

बाढीले नेपाल–चीन सिमाना जोड्ने ऐतिहासिक मितेरी पुल बगाएको छ भने त्यहाँ अवस्थित ड्राइपोर्टमा राखिएका सयौँ विद्युत् सवारी (इभी) गाडी पनि बगाएको छ।

बाढीका कारण स्याफ्रुबेसीतर्फ जाने सडक अवरुद्ध भएको छ भने रसुवागढी जलविद्युत् आयोजनाका संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

सुरक्षाकर्मी र उद्धार टोलीले खोज तथा राहत कार्य तीव्र रूपमा अगाडि बढाइरहेका छन्। बाढीको स्रोत चीनको तिब्बत क्षेत्रमा परेको भारी वर्षा भएको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय