२०८२ मंसिर २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो | १०८ प्रतिनिधिको नाममा एकलौटी निर्णय भएको पोखरेल पक्षको आरोप | एमाले ११औँ महाधिवेशन : कडा सुरक्षा व्यवस्थाबीच सल्लाघारीमा प्रतिनिधिहरूको प्रवेश | रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा |

रसुवाको भोटेकोसी नदीमा मंगलबार बिहान एक्कासी आएको भीषण बाढीमा परी प्रहरीसहित करिब १७ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीका अनुसार तीन जना सुरक्षाकर्मीसहित स्थानीय तथा मजदुरहरू बेपत्ता भएका हुन्। “संख्या यकिन भइसकेको छैन,” डिएसपी शाहीले सञ्चारकर्मीलाई बताए, “तर करिब १६–१७ जना हराइरहेका छन्। हामी उद्धारमा खटिएका छौँ।”

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बेपत्तामध्ये तीन जना नेपाल प्रहरी, ६ जना नेपाली कामदार, ४ जना चिनियाँ मजदुर र २ जना सवारी चालक रहेको जानकारी दिए।

बाढीले नेपाल–चीन सिमाना जोड्ने ऐतिहासिक मितेरी पुल बगाएको छ भने त्यहाँ अवस्थित ड्राइपोर्टमा राखिएका सयौँ विद्युत् सवारी (इभी) गाडी पनि बगाएको छ।

बाढीका कारण स्याफ्रुबेसीतर्फ जाने सडक अवरुद्ध भएको छ भने रसुवागढी जलविद्युत् आयोजनाका संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

सुरक्षाकर्मी र उद्धार टोलीले खोज तथा राहत कार्य तीव्र रूपमा अगाडि बढाइरहेका छन्। बाढीको स्रोत चीनको तिब्बत क्षेत्रमा परेको भारी वर्षा भएको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय