२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालत परिसरमा आयोजित विशेष समारोहमा न्यायाधीश मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई शपथ ग्रहण गराएका हुन्।

न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन प्राप्त गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उनीहरुलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए।

शपथ ग्रहणपछि तीनै न्यायाधीशले मंगलबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्।

यसै क्रममा प्रधानन्यायाधीश राउतले नवनियुक्त न्याय परिषद् सदस्य महेशकुमार नेपाललाई पनि पद तथा गोपनीयताको शपथ गराएका छन्।

न्याय परिषद्का अध्यक्षको हैसियतले प्रधानन्यायाधीशले सदस्य नेपाललाई शपथ गराएका हुन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय