२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

काठमाडौं उपत्यकाको बागमती नदी आसपासका क्षेत्रहरूमा भारी वर्षापछि जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार राति १२ बजेदेखि परेको अविरल वर्षाले गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती र जोरपाटी क्षेत्र जोखिममा परेका छन्।

महाशाखाका इञ्जिनीयर आशीष भट्टले राति २ बजे बागमती नदीको जलसतह सतर्कता तह पार गरेपछि ती क्षेत्रका बासिन्दाहरूको मोबाइलमा सुरक्षित रहन सन्देश पठाइएको जानकारी दिए। साथै, रुद्रमती (धोबीखोला) को कपन क्षेत्रको जलसतह पनि सतर्कता तह नजिक पुगेको भन्दै विशेष सावधानी अपनाउन भनिएको छ।

राजधानीका अधिकांश भागहरूमा राति १२ बजेदेखि करिब २५ मिलिमिटरको दरमा वर्षा जारी रहेको र अझै केही घण्टा वर्षा जारी रहने सम्भावना रहेकाले नागरिकहरूलाई सतर्क रहन विभागले आग्रह गरेको छ।

विभागले नदी किनार आसपास बसोबास गर्नेहरूलाई आवश्यक सावधानी अपनाउन र सकेसम्म सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ। बाढीको जोखिम उच्च बनेकाले जोखिमयुक्त क्षेत्रहरूमा नजान र अफ्ठ्यारो अवस्थामा तत्काल सम्बन्धित निकायलाई खबर गर्न समेत महाशाखाले अनुरोध गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय