२०८२ मंसिर २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो | १०८ प्रतिनिधिको नाममा एकलौटी निर्णय भएको पोखरेल पक्षको आरोप | एमाले ११औँ महाधिवेशन : कडा सुरक्षा व्यवस्थाबीच सल्लाघारीमा प्रतिनिधिहरूको प्रवेश | रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा |

काठमाडौं उपत्यकाको बागमती नदी आसपासका क्षेत्रहरूमा भारी वर्षापछि जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार राति १२ बजेदेखि परेको अविरल वर्षाले गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती र जोरपाटी क्षेत्र जोखिममा परेका छन्।

महाशाखाका इञ्जिनीयर आशीष भट्टले राति २ बजे बागमती नदीको जलसतह सतर्कता तह पार गरेपछि ती क्षेत्रका बासिन्दाहरूको मोबाइलमा सुरक्षित रहन सन्देश पठाइएको जानकारी दिए। साथै, रुद्रमती (धोबीखोला) को कपन क्षेत्रको जलसतह पनि सतर्कता तह नजिक पुगेको भन्दै विशेष सावधानी अपनाउन भनिएको छ।

राजधानीका अधिकांश भागहरूमा राति १२ बजेदेखि करिब २५ मिलिमिटरको दरमा वर्षा जारी रहेको र अझै केही घण्टा वर्षा जारी रहने सम्भावना रहेकाले नागरिकहरूलाई सतर्क रहन विभागले आग्रह गरेको छ।

विभागले नदी किनार आसपास बसोबास गर्नेहरूलाई आवश्यक सावधानी अपनाउन र सकेसम्म सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ। बाढीको जोखिम उच्च बनेकाले जोखिमयुक्त क्षेत्रहरूमा नजान र अफ्ठ्यारो अवस्थामा तत्काल सम्बन्धित निकायलाई खबर गर्न समेत महाशाखाले अनुरोध गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय