२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले सचिवालय बैठक जारी आगामी रणनीतिमा केन्द्रित छलफल | भदौ २३–२४ घटनाको छानबिन अघि बढ्दै रिजालसहित उच्च पदाधिकारीमाथि कारबाही सिफारिस | ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? |

संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ६ वटा संसदीय समितिको बैठक बस्दैछ। बैठकहरूमा बैंक तथा वित्तीय क्षेत्र सुधारदेखि आयोडिनयुक्त नुनको आपूर्ति, कानुन व्यवसायी परिषद संशोधन, बाढीबाट भएको क्षति र पुनर्स्थापना लगायतका विषयमा विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ।

प्रतिनिधिसभाका चार समिति बस्दै

अर्थ समितिको बैठक आज दिउँसो १ बजे बस्नेछ। बैठकको पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा दर्ता भएका संशोधन प्रस्तावमाथि सांसदहरूसँग छलफल गरिनेछ। दोस्रो सत्रमा भने नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसामयिक विषयमा छलफल हुनेछ।

उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि दिउँसो १ बजेदेखि सुरु हुनेछ। बैठकमा आयोडिनयुक्त नुनको गुणस्तर, वितरण र उपभोगको अवस्थाबारे सरोकारवाला निकायसँग छलफल गरिनेछ।

कानुन, न्याय तथा मानव अधिकार समितिले नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को सन्दर्भमा नेपाल कानुन व्यवसायी परिषदसँग परामर्श गर्ने कार्यसूची राखेको छ। यो बैठक पनि दिउँसो १ बजे नै बस्नेछ।

सार्वजनिक लेखा समितिको बैठकमा समितिको २३औं वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने तयारी गरिएको छ। बैठक दिउँसो १ बजेदेखि बस्नेछ।

राष्ट्रियसभाका दुई समिति सक्रिय

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बिहान ११:३० बजे सुरु भएको छ। बैठकमा देशभर भइरहेका बाढीबाट भएको क्षति, उद्धार र पुनर्स्थापनाको अवस्थाबारे सरोकारवाला निकायसँग छलफल भइरहेको छ।

दिउँसो १ बजेदेखि विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ।

विधायन, अनुगमन र पुनर्संरचनातर्फ समितिको ध्यान

आज बस्ने सबै समिति बैठकहरूमा विधेयक संशोधन, कानुनी सुधार, आपूर्ति व्यवस्थापन, सार्वजनिक निकायको कार्यसम्पादनको अनुगमन र विपद् व्यवस्थापनसँग सम्बन्धित विषयवस्तुहरू प्राथमिकतामा छन्। समितिहरूको नियमित बैठक र छलफलमार्फत नीति निर्माण प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

-संघीय संसद सचिवालय

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय