२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले पार्टी अनुशासन आयोगको कारबाहीलाई एकपक्षीय र विधान विपरीत भएको आरोप लगाउँदै पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुनर्विचारको आग्रह गर्ने निर्णय गरेका छन्।

डा. कोइरालाको सम्पर्क कार्यालयमा आज बिहान बसेको बैठकले कारबाहीको प्रक्रिया स्थगित गर्न माग गर्दै सभापति देउवालाई औपचारिक अनुरोध गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी सांसद राजेन्द्र बजगाईँका अनुसार, कारबाही प्रक्रिया न त पारदर्शी थियो, न त पार्टीको विधानअनुसार।

बैठकमा उपसभापति धनराज गुरुङले पार्टीभित्र कसैलाई काखापाखा नगरी एकता कायम राखेर अघि बढ्ने प्रयास भइरहेका बेला अनुशासन आयोगले अचानक कारबाहीको नाममा सूचनामार्फत नाम सार्वजनिक गरेकोमा गहिरो दुःख व्यक्त गरे।

बैठकमा नेता कोइरालासँगै उपसभापति गुरुङ, सहमहामन्त्री जीवन परियार, नेता अर्जुन नरसिंह केसी, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायत नेताहरूको उपस्थिति थियो।

शेखर पक्षले अनुशासन आयोगको निर्णयले पार्टीभित्रको असहमति र आन्तरिक लोकतन्त्रलाई दबाउने संकेत गरेको भन्दै त्यसको विरोध गर्ने तयारी थालेको छ। अबको केही दिनभित्र देउवासँगको भेटवार्तामार्फत औपचारिक ज्ञापन बुझाइने बताइएको छ।

कांग्रेसभित्रको यो विवादले नेतृत्व र संगठनात्मक संरचना दुबैमा नयाँ बहस निम्त्याउने देखिन्छ।

Ask ChatGPT

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय