२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानमाथि प्रश्न उठाउनु संगठनात्मक अराजकतामा उत्रनु भएको बताएका छन्। आगामी भदौमा हुने भनिएको विधान महाधिवेशनको तयारी सन्दर्भमा आज ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित जनसङ्गठनका इन्चार्ज र पदाधिकारीको भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।

महासचिव पोखरेलले राष्ट्रिय महाधिवेशनको निर्णयमा सहभागी भएर अनुमोदन गरेका नेताहरूले अहिले आएर त्यसविरुद्ध बोल्नु अनुशासनहीनता र अनैतिक भएको स्पष्ट पारे। “दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधान आफैं अनुमोदन गर्ने अनि अहिले आफैं प्रश्न उठाउने कुरा अनैतिक हो,” पोखरेलले भने, “राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अराजक हो। जसले यस्ता गतिविधि गर्दछ, त्यसको प्रतिवाद हुनुपर्छ।”

उनले पार्टी र नेतृत्वविरुद्ध आन्तरिक तथा बाह्य आक्रमणहरू बढिरहेको उल्लेख गर्दै, एमाले नेतृत्वको सरकार धेरैलाई नपस्ने भएकाले निरन्तर बदनाम गर्ने र सरकार परिवर्तनको हल्ला फैलाउने प्रयास भइरहेको बताए।

“यो विधान महाधिवेशन हो, राष्ट्रिय महाधिवेशन होइन,” पोखरेलले भने, “अहिले नेताका नाममा कित्ताकाट गर्नु आवश्यक छैन। जतिबेला जे काम पर्छ, त्यही गर्नुहोस्।”

भेलामा पोखरेलले हालै सम्पन्न जनसङ्गठन महाधिवेशनका दस्तावेजहरू सात दिनभित्र केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिए। उनले जनसङ्गठनहरूको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

पार्टी स्थायी कमिटी सदस्य तथा जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले “पार्टीको निर्णयविरुद्ध नबोली नेता भइँदैन” भन्ने मानसिकता त्याग्न नेताहरूलाई आग्रह गरे।
भेलामा केन्द्रीय सदस्य विष्णु रिजाल, रचना खड्का लगायतले पनि कार्यकर्ताहरूलाई पार्टीको विधि, विधान र अनुशासन विपरीत अभिव्यक्ति नदिन सचेत गराए।

विधानमाथिको आन्तरिक बहस र आगामी महाधिवेशनको तयारीसँगै एमालेभित्र नेतृत्व, अनुशासन र नीतिका विषयमा फेरि बहस चर्किने संकेत देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय