२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ। दिउँसो २ बजेका लागि बैठक बोलाइएको महानगर स्रोतले जानकारी दिएको छ। यो बैठक लामो समयपछि बस्न लागेको हो।

महानगरपालिकाको कार्यपालिका बैठक नियमित रूपमा नबसेको भन्दै विगतमा आलोचना हुँदै आएको थियो। यसैबीच, गत जेठ १२ गते महानगरका ४१ कार्यपालिका सदस्यले मेयर बालेन शाहलाई पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए। त्यसको दुई महिनापछि कार्यपालिका बैठक बस्न लागेको हो।

आजको कार्यसूची अनुसार बिहान ११ बजे मेयर बालेन शाहको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक हुनेछ। त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ।

दिउँसोको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट नगर सभामा पेस गर्ने तयारी गरेको छ। त्यससँगै कार्यपालिकाले नगर सभाको मिति पनि तोक्ने छ।

नयाँ बजेट र कार्ययोजना सार्वजनिक हुने तयारीमा रहेको महानगरपालिकाको यो बैठक आगामी वर्षको योजना र प्राथमिकताको दिशानिर्देशक बन्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय