२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

इङ्ग्लिस फुटबल क्लब चेल्सी अमेरिकामा जारी क्लब विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ब्राजिलको फ्लुमिनेन्सेलाई २–० ले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो।

चेल्सीका लागि दुवै गोल जोआओ पेड्रोले गरेका थिए। उनले पहिलो गोल खेलको १८औं मिनेटमा तथा दोस्रो गोल ५६औं मिनेटमा गर्दै टोलीलाई जित दिलाए। प्रभावशाली प्रदर्शन गरेका पेड्रो म्यान अफ द म्याच समेत घोषित भए।

अब चेल्सीले उपाधिका लागि जुलाई १४ तारिखमा फाइनल खेल्नेछ। चेल्सीको प्रतिस्पर्धी बुधबार राति हुने रियल मड्रिड र पेरिस सेन्ट-जर्मेन (पीएसजी)बीचको सेमिफाइनल विजेता हुनेछ।

चेल्सी यसअघि २०१۲ मा क्लब विश्वकपको फाइनलमा पुगेको थियो, तर उपाधि हात पार्न सकेको थिएन। यसपटक भने टोली आफ्नो पहिलो क्लब विश्वकप उपाधि जित्ने लक्ष्यमा छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय