२०८३ आश्विन २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाल राष्ट्र बैंकले व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्‍याएको छ। गभर्नर डा. विश्व पौडेलद्वारा सार्वजनिक गरिएको नयाँ मौद्रिक नीतिमार्फत यो निर्णय गरिएको हो। गभर्नर पौडेलको नेतृत्वमा आएको पहिलो मौद्रिक नीतिमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताका लागि महत्वपूर्ण राहत व्यवस्था गरिएको छ।

यसअघि व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँ थियो। लगानीकर्ताहरूले पछिल्लो समय उक्त सीमा हटाउन वा वृद्धि गर्न निरन्तर माग गर्दै आएका थिए। राष्ट्र बैंकले उनीहरूको मागलाई सम्बोधन गर्दै यसपटकको नीतिमा कर्जा सीमा १० करोडले बढाएको हो।

नयाँ व्यवस्थाले सेयर लगानीमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ। यो निर्णयसँगै अब एक व्यक्तिले २५ करोड रुपैयाँसम्म मार्जिन कर्जा लिन सक्नेछन्, जसले सेयर बजारमा तरलता वृद्धि गर्न सहयोग पुर्‍याउने विज्ञहरूको अनुमान छ।

मौद्रिक नीतिमा कर्जा प्रवाहलाई सन्तुलित बनाउने, तरलता व्यवस्थापन गर्ने र पूँजी बजारलाई सक्रिय बनाउने उद्देश्य राखिएको छ। राष्ट्र बैंकको यो कदमलाई निजी क्षेत्र र लगानीकर्ताले सकारात्मक रूपमा लिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय