२०८२ मंसिर २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो | १०८ प्रतिनिधिको नाममा एकलौटी निर्णय भएको पोखरेल पक्षको आरोप | एमाले ११औँ महाधिवेशन : कडा सुरक्षा व्यवस्थाबीच सल्लाघारीमा प्रतिनिधिहरूको प्रवेश | रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा |

काठमाडौँबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ वेलनदीमा आइतबार बिहान दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्।

लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई सडकको दायाँ किनारमा पल्टिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ। बिहान करिब ५ बजेतिर भएको सो दुर्घटनामा परेर गम्भीर र सामान्य गरी २९ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार सबै घाइतेको पहिचान खुलेको छ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका सल्यान बागचौर–१० की ७७ वर्षीया देवी बुढाथोकी, सल्यान सारदा–१२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर–११ का ३५ वर्षीय श्रीधर अधिकारीलाई थप उपचारका लागि बुटवल पठाइएको छ।

अन्य घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा रुकुम पश्चिम, सोलुखुम्बु, अर्घाखाँची, रोल्पा, दाङ, सल्यान, पर्वत र डडेलधुरा जिल्लाका यात्रुहरू छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। बस अनियन्त्रित भएर आफैं पल्टिएको प्रारम्भिक अनुमान गरिएको छ।

घाइतेहरूको अवस्था खतरामुक्त रहेको र आवश्यक उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय