२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काठमाडौंमा नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु गर्दै काठमाडौं महानगरपालिका | मन्त्री प्रतिभा रावलले सुरु गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल | नयाँ संसदबाट नयाँ अपेक्षा: सुशासनदेखि रोजगारीसम्म जनताको संसदमा नजर | सुनचाँदीको भाउ ओरालो कतिमा झर्यो आजको मुल्य? | हनुमान जयन्तीको अवसरमा गृहमन्त्रीको पशुपतिनाथ भ्रमण | संसद् अधिवेशन सुरु: गृहमन्त्रीद्वारा ३ अध्यादेश प्रस्तुत गर्ने तयारी | आजदेखि एसईई सुरु ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी | एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली |

काठमाडौँबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ वेलनदीमा आइतबार बिहान दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्।

लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई सडकको दायाँ किनारमा पल्टिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ। बिहान करिब ५ बजेतिर भएको सो दुर्घटनामा परेर गम्भीर र सामान्य गरी २९ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार सबै घाइतेको पहिचान खुलेको छ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका सल्यान बागचौर–१० की ७७ वर्षीया देवी बुढाथोकी, सल्यान सारदा–१२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर–११ का ३५ वर्षीय श्रीधर अधिकारीलाई थप उपचारका लागि बुटवल पठाइएको छ।

अन्य घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा रुकुम पश्चिम, सोलुखुम्बु, अर्घाखाँची, रोल्पा, दाङ, सल्यान, पर्वत र डडेलधुरा जिल्लाका यात्रुहरू छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। बस अनियन्त्रित भएर आफैं पल्टिएको प्रारम्भिक अनुमान गरिएको छ।

घाइतेहरूको अवस्था खतरामुक्त रहेको र आवश्यक उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय