२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप २०२६ का लागि एसिया तथा इष्ट एसिया–प्यासिफिक क्षेत्रको छनोट प्रतियोगिता लक्षित गर्दै प्रारम्भिक चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणको जानकारी दिएको हो। विशेष कुरा के छ भने, म्याच फिक्सिङ प्रकरणपछि लामो समय टिम बाहिर रहेका मोहम्मद आदिल आलम पनि यो सूचीमा परेका छन्। उनलाई अदालतबाट सफाइ पाएसँगै क्यानले प्रतिबन्ध फुकुवा गरेको थियो, जसपछिको यो उनको पहिलो टिम क्याम्प हो।

प्रारम्भिक ३२ खेलाडीको सूची:

रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, आकाश चन्द, अनिल शाह, आरिफ शेख, विवेक यादव, आशिफ शेख, नन्दन यादव, मोहम्मद आदिल आलम, भिम सार्की, करण केसी, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, रुपेश सिंह, रिजन ढकाल, शेर मल्ल, बसिर अहमद, प्रतिश जिसी, शुभ कंसाकार, साहव आलम, ललित राजवंशी, अर्जुन घर्ति, युवराज खत्री, कमल सिंह ऐरी, लोकेश बम, किरण ठगुन्ना र सागर ढकाल।

नेपालले सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट चरण पार गर्न एसिया तथा इष्ट एसिया–प्यासिफिक क्षेत्रबाट प्रतिस्पर्धा गर्नु पर्नेछ। यसका लागि क्यानले अनुभवी र युवा खेलाडीहरूको संयोजनसहित बलियो टिम निर्माण गर्ने तयारी थालेको छ।

प्रशिक्षणको मिति र स्थान क्यानले चाँडै सार्वजनिक गर्ने बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय