२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काठमाडौंमा नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु गर्दै काठमाडौं महानगरपालिका | मन्त्री प्रतिभा रावलले सुरु गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल | नयाँ संसदबाट नयाँ अपेक्षा: सुशासनदेखि रोजगारीसम्म जनताको संसदमा नजर | सुनचाँदीको भाउ ओरालो कतिमा झर्यो आजको मुल्य? | हनुमान जयन्तीको अवसरमा गृहमन्त्रीको पशुपतिनाथ भ्रमण | संसद् अधिवेशन सुरु: गृहमन्त्रीद्वारा ३ अध्यादेश प्रस्तुत गर्ने तयारी | आजदेखि एसईई सुरु ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी | एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली |

मौद्रिक नीतिपछि केही दिनको उत्साह देखिएको सेयर बजारमा सोमबार पुनः गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३५.०९ अंकले घट्दै २७२५ विन्दुमा झरेको छ।

आइतबार नेप्सेमा २९ अंकको उल्लेख्य सुधार देखिए पनि बजारले त्यो गति टिकाउन सकेन। सोमबारको गिरावटले स्पष्ट संकेत दिएको छ कि नाफा बुकिङको मनोवृत्ति बलियो देखिएको छ।

मौद्रिक नीतिअघि १२ असारमा नेप्से २५९५ विन्दुसम्म झरेको थियो। त्यसयता केही सुधार आए पनि बजार अझै स्थायित्व हासिल गर्न सकिरहेको छैन।

आज कारोबार रकममा पनि उल्लेख्य गिरावट देखियो। आइतबार ११ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ८ अर्ब १७ करोडमा खुम्चिएको हो।

५० कम्पनीको मूल्य बढ्दा १९८ कम्पनीको सेयरमूल्य घटेको छ। समूहगत रूपमा हेर्दा हाइड्रोपावरबाहेक सबै सूचक ओरालो लागेका छन्। हाइड्रोपावर सूचक भने ०.१५ प्रतिशतले बढेको छ।

बैंकिङ समूह २.४६ प्रतिशतको गिरावटसहित सबैभन्दा धेरै घट्ने समूह बन्यो। त्यसपछि विकास बैंक १.४८, फाइनान्स १.१३, लगानी १.२५, जीवन बीमा १.३६, उत्पादन ०.७८, माइक्रोफाइनान्स १.२३, निर्जीवन बीमा १.०५, अन्य १.२५, व्यापार ०.६४ र होटल तथा पर्यटन समूह ०.२५ प्रतिशतले घटेका छन्।

उता, माइखोला हाइड्रोपावरको मूल्य ५.९० प्रतिशतले वृद्धि भई आज सबैभन्दा धेरै बढ्ने कम्पनी बन्यो। त्यसैगरी हिमालयन हाइड्रोपावर ४.४८, जोशी हाइड्रोपावर ४.४३ र सिनर्जी पावर ४.१२ प्रतिशतले बढेका छन्।

अर्कोतर्फ, सामुदायिक लघुवित्तको मूल्य ४.४६ प्रतिशतले घटेको छ। त्यस्तै धौलागिरि लघुवित्त ४.३४, लक्ष्मी सनराइज बैंक ३.८६, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ३.८० र सिटिजन्स बैंकको सेयर मूल्य ३.७४ प्रतिशतले घटेको छ।

आजको दिन धेरै कारोबार भएका पाँच कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, एनआईसी एसिया बैंक र साहस ऊर्जा परेका छन्।

बजार विश्लेषकहरूका अनुसार मौद्रिक नीतिपछि देखिएको अल्पकालीन उत्साहसँगै नाफा बुक गर्ने प्रवृत्तिले बजारलाई फेरि दबाबमा ल्याएको हो। आगामी दिनमा लगानीकर्ताको मनोबल, मौद्रिक नीति कार्यान्वयनको गति र ब्याजदरको प्रवृत्तिले बजारको दिशा निर्धारण गर्ने विश्लेषण गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय