२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संसदमा गरिएको आलोचनाको कडा जवाफ दिएका छन्।

प्रचण्डले कीर्तिपुरमा ३०० दिनभित्र अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने सरकारको घोषणा ३६५ दिन बितिसक्दा पनि पूरा नभएको भन्दै संसदमा प्रश्न उठाएका थिए। उनले सरकारको घोषणालाई “केवल प्रचारबाजीमा सीमित” रहेको टिप्पणी गरेका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई कीर्तिपुरमै गएर बनिरहेको प्याराफिट र जडान हुँदै गरेको फ्लडलाइटको पोल हेर्न सुझाव दिएका छन्। उनले भनेका छन्, “तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नुभएन, र केही गर्नु पनि परेन र गर्नु भएन पनि।”

ओलीले आफूले सरकारको हरेक निर्णय दिन तोकेर गरेको दाबी गर्दै भने, “मैले त दिन तोकेर गर्छु भनेँ, आफैँमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ।”

प्रचण्ड नेतृत्वको सरकारको आलोचना गर्दै ओलीले थपे, “तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम। सरकारको कामबारे तथ्यांक राखेर जवाफ दिनु परेन। तपाईं प्रधानमन्त्री हुँदा केही पनि भएन।”

प्रधानमन्त्री ओलीले देशको जर्जर अर्थतन्त्र आफूले सुधार गरिरहेको दाबी गर्दै भने, “जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुगेको छ, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।”

दुवै नेताबीचको सार्वजनिक आरोप–प्रत्यारोपले संसदमा मात्रै होइन, सामाजिक र राजनीतिक वृत्तमा समेत बहस चर्किएको छ। आगामी दिनमा यो बहस थप राजनीतिक ध्रुवीकरणतर्फ उन्मुख हुने संकेत देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय