२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कांग्रेसमा नियमित महाधिवशेनको जोडबल | बालेन र सुदनविरुद्ध अर्को जाहेरी राजद्रोहको अनुसन्धानको माग | विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर यस वर्ष २.१ प्रतिशत सीमित हुने | रूस–युक्रेन युद्ध: नोभोरोनेझ आणविक केन्द्रमाथि ड्रोन आक्रमण प्रयास विफल | साउन यता जापानीज इन्सेफ्लाइटिस संक्रमणका कारण ६ जनाको मृत्यु, १७ जना संक्रमित | राष्ट्र बैंकले आज फेरि ११ दिनका लागि २० अर्ब झिक्दै | बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी | हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत | बाढीपहिरोले भत्काएका सडक पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च हुने अनुमान | अब पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जाँचबुझ आयोगको घेरामा |

सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने प्रक्रियामा घुस लिएको आरोपमा कास्कीस्थित यातायात व्यवस्था कार्यालयका एक कर्मचारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराबाट खटिएको टोलीले कार्यालय सहयोगी दिपक पौडेललाई ७ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो। पौडेलले सवारी चालक अनुमति पत्रको अनलाइन फाराम भरिदिने, लिखित परीक्षा पास गराइदिने र ट्रायल पनि पास गरिदिने आश्वासन दिँदै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

प्रवक्ता पौडेलका अनुसार, अनुसन्धान टोलीले मंगलबार सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पौडेललाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दिपक पौडेलमाथि हाल थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यस घटनाले सवारी चालक अनुमति पत्र वितरण प्रक्रियामा हुने भ्रष्टाचारप्रति फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय