२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने प्रक्रियामा घुस लिएको आरोपमा कास्कीस्थित यातायात व्यवस्था कार्यालयका एक कर्मचारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराबाट खटिएको टोलीले कार्यालय सहयोगी दिपक पौडेललाई ७ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो। पौडेलले सवारी चालक अनुमति पत्रको अनलाइन फाराम भरिदिने, लिखित परीक्षा पास गराइदिने र ट्रायल पनि पास गरिदिने आश्वासन दिँदै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

प्रवक्ता पौडेलका अनुसार, अनुसन्धान टोलीले मंगलबार सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पौडेललाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दिपक पौडेलमाथि हाल थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यस घटनाले सवारी चालक अनुमति पत्र वितरण प्रक्रियामा हुने भ्रष्टाचारप्रति फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय