
उपभोक्ताका लागि खुशीको खबर! नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा १ रुपैयाँले मूल्य घटाएको घोषणा गरेको हो। नयाँ मूल्य बुधबारदेखि लागू हुने निगमले जनाएको छ।
मूल्य समायोजनपछि पेट्रोल र डिजेल दुवैमा केही राहत मिल्ने विश्वास उपभोक्ताहरूले व्यक्त गरेका छन्। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार समायोजन गरिएको जनाउँदै आगामी दिनमा पनि मूल्य समायोजन नियमित रूपमा गरिने जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।