२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेन र सुदनविरुद्ध अर्को जाहेरी राजद्रोहको अनुसन्धानको माग | विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर यस वर्ष २.१ प्रतिशत सीमित हुने | रूस–युक्रेन युद्ध: नोभोरोनेझ आणविक केन्द्रमाथि ड्रोन आक्रमण प्रयास विफल | साउन यता जापानीज इन्सेफ्लाइटिस संक्रमणका कारण ६ जनाको मृत्यु, १७ जना संक्रमित | राष्ट्र बैंकले आज फेरि ११ दिनका लागि २० अर्ब झिक्दै | बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी | हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत | बाढीपहिरोले भत्काएका सडक पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च हुने अनुमान | अब पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जाँचबुझ आयोगको घेरामा | निर्वाचन सरकारको पहिलो प्राथमिकता : सञ्चारमन्त्री जगदीश खरेल |

भूमि सम्बन्धी काममा घुस लिएको आरोपमा भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख घुससहित पक्राउ परेका छन्।

मालपोत प्रमुख कुमार आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार २४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

चाँगुनारायण नगरपालिका–९ मा रहेको १४ रोपनी ४ आना जग्गाको मोहीको नाममा धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि आचार्यले घुस मागेको सूचनाको आधारमा आयोगले कारबाही अघि बढाएको हो।

५४ वर्षीय आचार्य उदयपुरको बेलका नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ फोर्सपार्क टोलमा बस्दै आएका छन्। उनलाई भक्तपुरको व्यासीस्थित मालपोत कार्यालयबाटै रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार, कार्यालय प्रमुख आचार्यसँगै कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउतलाई पनि नियन्त्रणमा लिइएको छ। राउत चाँगुनारायण नगरपालिका–९, राउट टोल स्थायी बासिन्दा हुन् भने हाल लोकन्थलीमा बस्दै आएका छन्।

पक्राउको क्रममा आयोगको टोलीले आचार्य र राउतको साथबाट दुई थान मोबाइल फोन र २४ लाख ५० हजार रुपैयाँ नगद बरामद गरेको छ।

अख्तियारले अनुसन्धानको कार्य अघि बढाएको जनाएको छ भने यो घटनाले सरकारी कार्यालयमा व्याप्त गम्भीर भ्रष्टाचारको झलक देखाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय