२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो | १०८ प्रतिनिधिको नाममा एकलौटी निर्णय भएको पोखरेल पक्षको आरोप | एमाले ११औँ महाधिवेशन : कडा सुरक्षा व्यवस्थाबीच सल्लाघारीमा प्रतिनिधिहरूको प्रवेश | रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा |

नेकपा (एमाले) नेतृ तथा राष्ट्रिय सभाका सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन्। नियुक्तिसँगै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछिन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति पौडेलले भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तोक्नुभएको छ।”

यसअघि मन्त्री पदमा रहेका राजकुमार गुप्ताले घुस मागेको अडियो सार्वजनिक भएपछि मंगलबार नै राजीनामा दिएका थिए। अडियो प्रकरणले सार्वजनिक चासो बढेसँगै उनले पदत्याग गरेका हुन्।

नव नियुक्त मन्त्री न्यौपाने नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा राष्ट्रिय सभामा अनुभवसम्पन्न नेतृको रूपमा चिनिन्छिन्। नयाँ जिम्मेवारीसँगै संघीयता कार्यान्वयन र प्रशासनिक सुधारमा उनले कस्तो भूमिका खेल्छिन् भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय