२०८३ आश्विन २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको विधेयकलाई बैठकले अनुमोदन गरेको हो।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत परिचालन गर्न र सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्न विधेयक ल्याइएको स्पष्ट पारे।

उनले परम्परागत वित्तीय स्रोतले धान्न नसक्ने ठूला आयोजनाहरूमा सार्वजनिक ऋणको बोझ बढ्दै गएको उल्लेख गर्दै वैकल्पिक वित्तको परिचालनले रोजगारी सृजनासँगै दिगो आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

“विकासको गति तीव्र बनाउन र पुँजी परिचालन गर्न वैकल्पिक वित्तको नीति आवश्यक थियो,” पौडेलले भने, “यो विधेयकले कानुनी आधार तयार गर्छ।”

सैद्धान्तिक छलफलमा सांसद वासुदेव घिमिरे, दामोदर पौडेल बैरागी, किरणकुमार साह, प्रतिमा गौतम, देवेन्द्र पौडेल, वर्षमान पुन, मेटमणि चौधरी, हितराज पाण्डे, ठाकुर गैरे, सराज अहमद फारुकी, बिमला सुवेदी, रञ्जुकुमारी झा, मैना कार्की र प्रेम सुवालले भाग लिएका थिए।

पानी जहाजसम्बन्धी विधेयकमाथि छलफल

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरेका थिए।

सैद्धान्तिक छलफलमा सांसदहरू रामहरि खतिवडा, सीता मिजार, दुर्गा राई, रुपा सोशी चौधरी, ज्वालाकुमारी साहलगायतले भाग लिए। मन्त्री ज्वालाले विधेयकको औचित्य र नेपालमा जलमार्ग विकासको सम्भावनाबारे स्पष्ट पारे।

तर, सभामा गणपूरक संख्या नपुगेपछि यो विधेयक मंगलबार पारित हुन सकेन। अब यो विधेयक आगामी बैठकमा टुङ्ग्याइनेछ।

अर्को बैठक साउन ७ गते

प्रतिनिधिसभाको अर्को बैठक साउन ७ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय