२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले सचिवालय बैठक जारी आगामी रणनीतिमा केन्द्रित छलफल | भदौ २३–२४ घटनाको छानबिन अघि बढ्दै रिजालसहित उच्च पदाधिकारीमाथि कारबाही सिफारिस | ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? |

पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा भएको संसद् विघटनको निर्णय कुनै दबाबमा नभइ संविधानअनुसार मन्त्रीपरिषद्को सिफारिसअनुसार कार्यान्वयन गरेको स्पष्ट पारेकी छन्।

मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले आफूले कार्यकारी निकायको सिफारिसमाथि हस्ताक्षर मात्रै गरेको बताइन्। “मन्त्रीपरिषद्बाट आएको निर्णय कार्यान्वयन गरेको हो, त्यसमा कुनै व्यक्तिगत दबाब थिएन,” उनले भनिन्।

उनले संसद् विघटनको विषयले अहिले पनि आफूलाई पछ्याइरहेको बताउँदै विगतका सन् २०१७, २०५१ सालका विघटनका घटनासमेत सम्झाइन्। “म राष्ट्रपति भएको बेला दुई पटक संसद् विघटन भएको छ। तर त्यो मैले संविधानअनुसार, स्थापित विधि पद्धतिअनुसार मात्रै गरेकी हुँ,” उनले भनिन्।

मदन भण्डारीको ७५ औं जन्मजयन्तीको तयारी

मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा फाउन्डेसनले मदन भण्डारीको ७५ औं जन्मजयन्ती मूल समारोह समिति गठन गरेको पनि जानकारी दिइयो। समितिको संयोजकमा डोरमणि पौडेललाई तोकिएको छ भने समितिमा कुल ७५ जना सदस्य रहने छन्।

फाउन्डेसनका अनुसार मदन भण्डारीको योगदानलाई राष्ट्रिय तहमा स्मरण गर्दै विविध कार्यक्रम आयोजना गरिनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय