२०८३ आश्विन २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

साहलाई कल्याणपुरस्थित नगरपालिकाको कार्यालयमै एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको आयोगका एक कर्मचारीले जानकारी दिए। जानकारीअनुसार नगरप्रमुख साहले एक उपभोक्ता समितिलाई भुक्तानी दिने प्रक्रियामा घुस मागेका थिए। सोही रकम लिँदै गर्दा उनलाई आज दिउँसो पक्राउ गरिएको हो।

पक्राउपछि अख्तियारको टोलीले नगर कार्यपालिकाको कार्यालयमै उनलाई राखेर प्रारम्भिक सोधपुछ गरिरहेको छ। कानुनी प्रक्रिया (मुचुल्का) पुरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई आयोगको बर्दिबासस्थित कार्यालय लगिने तयारी भइरहेको छ।

घटनासँग सम्बन्धित थप विवरण सार्वजनिक गरिन बाँकी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय