२०८३ आश्विन २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनालाई ‘डेंगी सचेतना महिना’ घोषणा गरेको छ। बुधबार बिहान मन्त्रालयले आयोजना गरेको विशेष कार्यक्रममा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमणबारे जनचेतना फैलाउनका लागि साउन महिना रोजिएको जानकारी दिइयो।

मन्त्रालयका अनुसार यस वर्ष देशभर ६० हजारभन्दा बढी नागरिकलाई डेंगी संक्रमण हुने जोखिम रहेको अनुमान गरिएको छ। बढ्दो जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले डेंगीविरुद्ध सचेतना अभिवृद्धि गर्न स्थानीय तहहरूसँग समन्वय गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई डेंगी रोगको लक्षण, बच्ने उपाय, घर वरपर सरसफाइ गर्ने, पानी जम्न नदिने लगायतका उपायहरूमा जागरूक हुन आग्रह गरेको छ। साथै, समुदाय स्तरमै सक्रिय सहभागिता र सचेतना अभियान आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

गत वर्षको तुलनामा यो वर्ष डेंगी संक्रमणको दर अझै तीव्र हुन सक्ने आँकलन स्वास्थ्य विशेषज्ञहरूले गरेका छन्। यस्तो अवस्थामा पूर्वतयारी र सचेतनाले ठूलो जोखिम घटाउन सकिने मन्त्रालयको भनाइ छ।

Ask ChatGPT

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय