२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

चन्द्रागिरि नगरपालिकाको १६औं नगरसभाले आर्थिक वर्ष २०८२/८३ का लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख रुपैयाँको बजेट पारित गरेको छ। नगरसभा अधिवेशनमा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

पारित बजेटमध्ये चालु खर्चतर्फ एक अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्चतर्फ एक अर्ब ७० करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगरप्रमुख घनश्याम गिरीले बजेट बहुमतबाट पारित भएको जानकारी दिँदै यसले नगरवासीका माग तथा अपेक्षाहरू समेट्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रस्तुत बजेट कार्यान्वयनमुखी र जनउत्तरदायी रहेको भन्दै नगरको समृद्धिका लागि सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गर्नुभयो।

नगरप्रवक्ता खड्गीका अनुसार बजेटले पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, कृषि तथा रोजगारी सृजनामा विशेष प्राथमिकता दिएको छ। नगरपालिकाले विकासका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी जनतालाई प्रत्यक्ष सेवा प्रवाहमा केन्द्रित हुने लक्ष्य राखेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय