२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काठमाडौंमा नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु गर्दै काठमाडौं महानगरपालिका | मन्त्री प्रतिभा रावलले सुरु गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल | नयाँ संसदबाट नयाँ अपेक्षा: सुशासनदेखि रोजगारीसम्म जनताको संसदमा नजर | सुनचाँदीको भाउ ओरालो कतिमा झर्यो आजको मुल्य? | हनुमान जयन्तीको अवसरमा गृहमन्त्रीको पशुपतिनाथ भ्रमण | संसद् अधिवेशन सुरु: गृहमन्त्रीद्वारा ३ अध्यादेश प्रस्तुत गर्ने तयारी | आजदेखि एसईई सुरु ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी | एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली |

दक्षिण गाजाको खान युनुसस्थित एक सहायता वितरण केन्द्रमा खाद्यान्न लिन जम्मा भएका मानिसहरूको भिडमा किचिएर २० जनाको मृत्यु भएको छ। मृतकमध्ये १९ जनाको ज्यान भीडमा किचिएर गएको हो भने एक जनाको छुरा प्रहारबाट मृत्यु भएको जानकारी प्राप्त भएको छ।

घटना अमेरिका र इजरायलको समर्थनमा सञ्चालित गाजा ह्युमानिटेरियन फाउण्डेशन (जीएचएफ) को सहायता केन्द्र नजिकै भएको हो। जीएचएफले मे महिनाको अन्त्यदेखि सहायता वितरण सुरु गरेपछि गाजाका विभिन्न क्षेत्रमा राहत लिन आएका नागरिकहरूको भिड बढ्दो छ, जसका कारण लगातार ज्यान जाने घटनाहरू भइरहेका छन्।

खान युनुसको नासेर अस्पतालले १० वटा शव प्राप्त गरेको जनाएको छ भने बाँकी मृतकहरू अन्य अस्पताल र स्थानमा लगिएको अनुमान गरिएको छ। सहायता लिन आएका हजारौं मानिसको भीडबीच अमेरिकी निजी सुरक्षाकर्मीहरूले केन्द्र बन्द गरेपछि भागदौड सुरु भएको बताइएको छ।

प्रत्यक्षदर्शीहरूले इजरायली सुरक्षाकर्मीहरूले पनि भिड नियन्त्रण गर्न गोली प्रहार गर्ने गरेको आरोप लगाउँदै आएका छन्। जीएचएफका अनुसार, केन्द्र खोलिएयता दैनिकजसो सहायता लिन खोज्दा मानिसहरूले ज्यान गुमाइरहेका छन्।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार, पछिल्ला छ हप्तामा जीएचएफका दक्षिण र मध्य गाजास्थित चारवटा सहायता केन्द्र वरपर ६७४ जनाको मृत्यु भइसकेको छ। तीमध्ये धेरैजसो मृतक महिलाहरू, बालबालिका र वृद्धहरू रहेको रिपोर्टमा उल्लेख छ।

मानव अधिकारकर्मीहरूले यस्ता घटनाले गाजामा मानवीय संकट अझ गहिरिएको भन्दै तत्काल अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गरेका छन्। सहायता वितरणमा पारदर्शिता, सुरक्षा, र मर्यादा सुनिश्चित गर्न दबाब बढ्दो छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय