२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले सचिवालय बैठक जारी आगामी रणनीतिमा केन्द्रित छलफल | भदौ २३–२४ घटनाको छानबिन अघि बढ्दै रिजालसहित उच्च पदाधिकारीमाथि कारबाही सिफारिस | ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? |

सरकारको राजस्व संकलन अघिल्लो आर्थिक वर्षको तुलनामा १ खर्ब २० अर्ब रुपैयाँले बढेको छ। आर्थिक वर्ष २०८१/०८२ मा कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।

यो अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को १० खर्ब ५८ अर्ब रुपैयाँको तुलनामा ११.३३ प्रतिशतले बढी हो। चालू आर्थिक वर्षका लागि संशोधित लक्ष्यअनुसार १२ खर्ब ८६ अर्ब राजस्व संकलन गर्नुपर्नेमा सरकारले ९१.६० प्रतिशत लक्ष्य पुरा गरेको छ। सुरुवातीमा सरकारले १४ खर्ब १९ अर्बको लक्ष्य लिएको भए पनि अर्धवार्षिक समीक्षापछि संशोधन गरिएको थियो।

अर्थ मन्त्रालयअन्तर्गत राजस्व महाशाखाका प्रमुख उत्तरकुमार खत्रीले विपद् र अन्तर्राष्ट्रिय परिस्थिति जस्ता चुनौतीका बीच पनि राजस्व संकलनमा उत्साहजनक प्रगति भएको प्रतिक्रिया दिएका छन्। “राजस्व लक्ष्य पूरा गर्ने तयारी सुरु भइसकेको छ,” उनले भने, “चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब संकलनको लक्ष्य लिइएको छ र त्यसअनुसार अघि बढ्नेछौं।”

नेपालको राजस्व संकलन विगत दशकयता स्थिररूपमा बढ्दै आएको देखिन्छ। तथ्यांकअनुसार:

  • २०७१/०७२ — ४ खर्ब ५ अर्ब

  • २०७२/०७३ — ४ खर्ब ८१ अर्ब

  • २०७३/०७४ — ६ खर्ब ९ अर्ब

  • २०७४/०७५ — ७ खर्ब २६ अर्ब

  • २०७५/०७६ — ८ खर्ब २९ अर्ब

  • २०७६/०७७ — ७ खर्ब ९३ अर्ब

  • २०७७/०७८ — ९ खर्ब ३५ अर्ब

  • २०७८/०७९ — १० खर्ब ६६ अर्ब

  • २०७९/०८० — ९ खर्ब ५७ अर्ब

  • २०८०/०८१ — १० खर्ब ५८ अर्ब

  • २०८१/०८२ — ११ खर्ब ७८ अर्ब ८२ करोड

 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय