२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

नेकपा (एमाले) को सचिवालय बैठकले पार्टी विधान संशोधनको प्रस्ताव पारित गर्दै ७० वर्षको उमेर सीमादुई कार्यकालको सिमिति अवधि हटाउने निर्णय गरेको छ। बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी भदौ २०–२२ गतेसम्म हुने विधान महाधिवेशनमा उक्त प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार विधान संशोधनसँगै केन्द्रीय कमिटीको सदस्य संख्या ३०१ बाट घटाएर २५१ बनाउने र पदाधिकारीको संख्या १९ बाट घटाएर १५ बनाउने प्रस्ताव पनि गरिएको छ। कुन–कुन पद हटाइने भन्ने विषयमा भने अझै खुलाइएको छैन।

blog

ललितपुरको च्यासलमा बिहीबार बसेको नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक । तस्बिर : कविन अधिकारी

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाबारे छुट्टै बैठकमा छलफल गर्ने तय गरिएको छ। बैठकले वर्तमान सरकारको एक वर्षे कार्यकाललाई सफल र प्रभावकारी ठहर गर्दै सुशासन र सेवा प्रवाहमा अझ सक्रिय भूमिका निर्वाह गर्न सरकारलाई सुझाव दिएको छ।

नयाँ प्रमुख सचेतकमा गोपाल भट्टराई

यसैबीच, नेकपा (एमाले) ले राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराईलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ। साउन १ गतेदेखि लागू हुने गरी भट्टराईलाई यो जिम्मेवारी दिइएको हो।
प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले संसदीय दलको विधान २०७७ र संघीय संसदसम्बन्धी ऐनअनुसार भट्टराईको मनोनयन गरेका हुन्।

यसअघि प्रमुख सचेतक रहेकी भगवती न्यौपाने मन्त्री नियुक्त भएपछि उक्त पद रिक्त थियो।

विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव ओलीबाट

विधान महाधिवेशनमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेस गर्ने तयारी छ।

पार्टी सचिव योगेश भट्टराईका अनुसार महाधिवेशनमा विधान संशोधन, संगठनात्मक प्रस्ताव, राजनीतिक प्रतिवेदन र केन्द्रीय निकायहरूको प्रतिवेदनमाथि विशेष छलफल हुनेछ। केन्द्रीय कमिटी निर्माणका लागि प्रतिनिधि चयन प्रक्रिया र पदाधिकारी चयनका मापदण्ड पनि यही महाधिवेशनबाट तय गरिनेछ।

शुक्रबार बस्ने पोलिटब्युरो बैठक र साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा संशोधन प्रस्तावमा विस्तृत छलफल हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय