२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो | १०८ प्रतिनिधिको नाममा एकलौटी निर्णय भएको पोखरेल पक्षको आरोप | एमाले ११औँ महाधिवेशन : कडा सुरक्षा व्यवस्थाबीच सल्लाघारीमा प्रतिनिधिहरूको प्रवेश | रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा |

पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले घर पुरिँदा एक वृद्ध दम्पती बेपत्ता भएका छन्।

शनिबार बिहान गएको पहिरोले एकतले कच्ची घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती विश्वकर्मा बेपत्ता भएका हुन्। घटनाका बेला घरमै रहेका उनीहरूलाई पहिरोले पुरेको स्थानीयले बताएका छन्।

पीडित दम्पतीकी बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्ने संकेत पाएपछि समयमा नै घरबाट हम्फालेर ज्यान जोगाउन सफल भएकी छन्।

मोदी गाउँपालिका–३ का वडा सदस्य सन्तोष विकका अनुसार स्थानीय बासिन्दाले उद्धार प्रयास थालेका छन् भने सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले प्रहरी टोली घटनास्थलतर्फ पठाइएको र थप विवरण केहीबेरमै आउने जानकारी दिनुभयो।

गएरातिदेखि पर्वत लगायतका आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने क्रम जारी छ भने स्थानीय खोला तथा नदीमा पानीको बहाव उच्च रहेको छ।

प्रशासनले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय