२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले घर पुरिँदा एक वृद्ध दम्पती बेपत्ता भएका छन्।

शनिबार बिहान गएको पहिरोले एकतले कच्ची घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती विश्वकर्मा बेपत्ता भएका हुन्। घटनाका बेला घरमै रहेका उनीहरूलाई पहिरोले पुरेको स्थानीयले बताएका छन्।

पीडित दम्पतीकी बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्ने संकेत पाएपछि समयमा नै घरबाट हम्फालेर ज्यान जोगाउन सफल भएकी छन्।

मोदी गाउँपालिका–३ का वडा सदस्य सन्तोष विकका अनुसार स्थानीय बासिन्दाले उद्धार प्रयास थालेका छन् भने सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले प्रहरी टोली घटनास्थलतर्फ पठाइएको र थप विवरण केहीबेरमै आउने जानकारी दिनुभयो।

गएरातिदेखि पर्वत लगायतका आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने क्रम जारी छ भने स्थानीय खोला तथा नदीमा पानीको बहाव उच्च रहेको छ।

प्रशासनले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय