२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्। उनले केही दिनअघि अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।

प्रो लाइसेन्स प्राप्त प्रशिक्षक प्याट्रिक गत जेठ २२ गते नेपाली महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। एक वर्षका लागि नियुक्त भए पनि उनले एक महिनामै पद त्याग गरेका छन्।

उनको राजीनामा एसियन कप छनोट खेलका क्रममा उज्बेकिस्तानमा एन्फासँग भएको विवादपछि आएको हो। विवाद भएपछि प्रशिक्षक प्याट्रिक नेपाल फर्किएका थिएनन्।

नेपाल नफर्किएपछि उनले एक अन्तरवार्तामार्फत एन्फा, सहायक प्रशिक्षक तथा टोली व्यवस्थापनलाई विभिन्न आरोप लगाएका थिए। त्यसपछि टोलीका हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ, व्यवस्थापक विन्द्रा देवान र सहायक प्रशिक्षक राजेन्द्र तामाङले संयुक्त पत्रकार सम्मेलन गर्दै प्याट्रिकका आरोपहरू असत्य भएको दाबी गरेका थिए।

प्याट्रिकको राजीनामाले एन्फा र महिला फुटबल टोलीबीचको आन्तरिक समन्वयमा गम्भीर प्रश्न उठाएको छ। आगामी खेल र तयारीमा यसले असर पार्न सक्ने अनुमान गरिएको छ।

एन्फाले हालसम्म औपचारिक प्रतिक्रिया भने दिएको छैन। प्रशिक्षक चयन प्रक्रिया फेरि सुरु हुने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय