२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

देशभर लगातार भइरहेको वर्षासँगै बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) को सम्भावित बाढीबारे चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार आज बिहानको मापनअनुसार कोसीका सहायक नदीहरू तमोर र कन्काईको जलसतह सतर्कता सीमामा पुगेको छ। नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरू अहिले सतर्कता तहभन्दा तल छन्, तर ती नदीहरूको जलस्तर आजको दिनभरमा उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको छ।

बाढीको सम्भावित जोखिमका आधारमा महाशाखाले देशभर ५१ जिल्लालाई पहेँलो रङको चेतावनी  जारी गरेको छ। ती जिल्लामा साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको बताइएको छ।

मध्यम जोखिममा रहेका प्रमुख जिल्लाहरूमा पूर्वका इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुली, रामेछाप, भोजपुर र सोलुखुम्बु पर्छन्।

यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, गोरखा, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, जाजरकोट, कालिकोट, डोटी, बाजुरा, अछाम, बझाङ, जुम्ला, बैतडी, डडेल्धुरा, सल्यान, सुर्खेत र दैलेख जिल्लामा पनि ससाना नदीहरूको बहाब उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको जनाइएको छ।

महाशाखाले नदी किनार र बाढी प्रभावित सम्भावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, नदी किनार आसपास नजान, आवश्यक तयारीमा रहन र सूचनाको पालना गर्न अनुरोध गरेको छ।

सरकारका सम्बन्धित निकाय र स्थानीय तहलाई पनि आकस्मिक अवस्था सामना गर्न तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय