२०८३ आश्विन २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हाललाई ‘पेन्डिङ’ अवस्थामा राखिएको जनाएको छ। दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकपछि निर्णयहरू सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख प्रकाश गौतमले पार्टी विधानको धारा ८ र ९ को प्रभावले सदस्यता नवीकरण स्थगित गरिएको जानकारी दिएका हुन्।

गौतमले भने, “नवीकरण पेन्डिङ अवस्थामा छ, किनभने पार्टी विधानको धारा ८ र ९ आर्कषित भयो भने नवीकरण जहाँ छ, त्यही स्थगित भएको भन्ने बुझिन्छ। पार्टीले उक्त धाराहरूको व्याख्या गरेपछि निर्णय लिनेछ।”

बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीबाहेक ६८ जना नेताले धारणा राखेका थिए। गौतमका अनुसार, धेरैजसो नेताहरूले पूर्वराष्ट्रपति जस्तो व्यक्तित्व, जसले राष्ट्रको सर्वोच्च राजकीय जिम्मेवारी तथा सेनाको परमाधिपतिको भूमिका निर्वाह गरिसकेकी छन्, उहाँको पार्टी राजनीतिमा प्रत्यक्ष पुनः प्रवेश गम्भीर विषय हुने धारणा व्यक्त गरेका थिए।

“उहाँलाई अहिले नै अध्यक्ष बनाएर अघि बढ्ने भन्ने विषय सहज छैन,” गौतमले स्पष्ट पारे, “तर पार्टीले यसबारेमा गम्भीर छलफल गरेर उचित समयमा निर्णय गर्नेछ।”

यसैबीच, पोलिटब्युरो बैठकले संगठनात्मक सुदृढीकरणतर्फ कदम चाल्दै जिल्ला कमिटीहरूलाई कार्यकारी बनाउने निर्णय गरेको छ।

“जिल्ला कमिटीलाई समन्वय कमिटी बनाउने कि कार्यकारी बनाउने भन्ने छलफलपछि अन्ततः कार्यकारी बनाउने निष्कर्ष निकालिएको हो,” गौतमले भने, “प्रदेश र स्थानीय तहका कमिटीहरू पनि कार्यकारी रहने निर्णय भएको छ।”

एमालेको पछिल्लो निर्णयले पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन सम्भावनालाई पेचिलो बनाइरहेको छ भने संगठन संरचनामा लचिलोपनको सट्टा कार्यकारी क्षमता बलियो बनाउनेतर्फ पार्टी केन्द्रित देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय