२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

पूर्वमधेस प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार उनलाई आइतबार विहान भद्रकाली क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले दिएको जानकारीअनुसार, बालिकामाथि बलात्कारको उजुरीका आधारमा प्रहरीले अहिराजमाथि अनुसन्धान सुरु गरेको थियो। पीडितको जाहेरी माघ ३ गते दर्ता भएलगत्तै उनी भारत फरार भएका थिए। केही हप्तादेखि काठमाडौंमै लुकेर बसेको सूचना पाएपछि प्रहरीले खोजी गरी उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आजै अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थपिएको छ। यसअघि जिल्ला अदालत काठमाडौंले चैत २५ गते नै उनलाई पक्राउ गर्न अनुमति (पुर्जी) दिएको थियो।

जाहेरी अनुसार, पीडित मधेसी मूलकी युवती हुन्, जसलाई अहिराजले १७ वर्षको उमेरदेखि यौन शोषण गर्दै आएका थिए। उनीलाई काठमाडौं ल्याएर घरायसी काममा राखी पठनपाठनको जिम्मा लिएको भन्दै विभिन्न प्रलोभनमा पारेर यौन सम्बन्ध बनाइएको उल्लेख छ।

जाहेरी सार्वजनिक भएपछि पीडितले आफूले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट धम्की व्यहोर्नुपरेको दाबी गरेकी छिन्।

डा. अहिराज २०७७ फागुन ७ गतेदेखि २०७८ साउन ३२ गतेसम्म मधेस प्रदेशका प्रमुख थिए। पदमा रहँदा राजनीतिक र सामाजिक रूपमा चर्चित बनेका अहिराज अब बलात्कार मुद्दाको अनुसन्धानको घेरामा छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय