२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र | लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो |

पूर्वमधेस प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) बलात्कारको आरोपमा पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार उनलाई आइतबार विहान भद्रकाली क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले दिएको जानकारीअनुसार, बालिकामाथि बलात्कारको उजुरीका आधारमा प्रहरीले अहिराजमाथि अनुसन्धान सुरु गरेको थियो। पीडितको जाहेरी माघ ३ गते दर्ता भएलगत्तै उनी भारत फरार भएका थिए। केही हप्तादेखि काठमाडौंमै लुकेर बसेको सूचना पाएपछि प्रहरीले खोजी गरी उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आजै अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थपिएको छ। यसअघि जिल्ला अदालत काठमाडौंले चैत २५ गते नै उनलाई पक्राउ गर्न अनुमति (पुर्जी) दिएको थियो।

जाहेरी अनुसार, पीडित मधेसी मूलकी युवती हुन्, जसलाई अहिराजले १७ वर्षको उमेरदेखि यौन शोषण गर्दै आएका थिए। उनीलाई काठमाडौं ल्याएर घरायसी काममा राखी पठनपाठनको जिम्मा लिएको भन्दै विभिन्न प्रलोभनमा पारेर यौन सम्बन्ध बनाइएको उल्लेख छ।

जाहेरी सार्वजनिक भएपछि पीडितले आफूले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट धम्की व्यहोर्नुपरेको दाबी गरेकी छिन्।

डा. अहिराज २०७७ फागुन ७ गतेदेखि २०७८ साउन ३२ गतेसम्म मधेस प्रदेशका प्रमुख थिए। पदमा रहँदा राजनीतिक र सामाजिक रूपमा चर्चित बनेका अहिराज अब बलात्कार मुद्दाको अनुसन्धानको घेरामा छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय