२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र | लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी | जित–हारभन्दा माथि उठेर एनपीएलले राष्ट्रलाई जोडेको छ : प्रधानमन्त्री कार्की | एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रचण्ड र माधव नजाने | एमाले महाधिवेशनका लागि १०८ प्रतिनिधि मनोनीत कुल संख्या २,२६२ पुग्यो |

प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार दिउँसो एमाले केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता सम्पन्न भएको छ। करिब डेढ घण्टा लामो छलफल राष्ट्रिय राजनीतिका विषयमा केन्द्रित रहेको बताइएको छ।

भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले “आज राष्ट्रिय राजनीतिको विषयमा मात्रै कुराकानी भयो, अरु विषय तपाईंहरूलाई आधिकारिक च्यानलबाट थाहा हुन्छ” भन्दै छलफलको प्रकृति स्पष्ट पार्नुभयो।

पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने संकेत पटक–पटक दिइरहनुभएको थियो। पार्टी सदस्यता नवीकरण भइसकेको जानकारी दिनुहुँदै, उहाँ एमाले केन्द्रीय कार्यालयमा पहिलोपटक प्रवेश गर्नुभएको हो। उहाँको स्वागत एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले गर्नुभएको थियो।

पूर्वराष्ट्रपतिले पार्टी राजनीतिमा पुनः सक्रिय हुने सार्वजनिक अभिव्यक्ति दिइसकेपछि एमाले सचिवालय र पोलिटब्यूरो बैठकहरूमा यसबारे औपचारिक छलफल सुरु भएको हो। शनिबार सम्पन्न पोलिटब्यूरो बैठकमा केही नेताहरूले पूर्वराष्ट्रपतिजस्तो गरिमामय पद सम्हालेको व्यक्तिले सक्रिय राजनीतिमा फर्किन नहुने धारणा राखेका थिए।

आजको भेटवार्ता त्यसै बहसको सिलसिलामा नेतृत्वस्तरीय औपचारिक छलफलका रूपमा हेरिएको छ। एमालेभित्र भण्डारीको पुनः सक्रिय भूमिकाले पार्टीको आगामी राजनीतिक समीकरण र सांगठनिक नेतृत्वमा के असर पार्नेछ भन्ने विषय अब चासोको केन्द्र बनेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय