२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताबारे सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा विस्तृत जानकारी गराएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा ओलीले आइतबार पूर्वराष्ट्रपति भण्डारीसँगको भेटमा राष्ट्रिय राजनीति, पार्टीमाथि भइरहेका प्रहार, सरकारले गरेका काम, तथा आगामी विधान अधिवेशनका विषयमा विस्तृत छलफल भएको जानकारी दिएका हुन्।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, ओलीले राष्ट्रपतिपछि भण्डारीको राजनीतिक भूमिकाबारे पनि स्पष्ट धारणा राखेको बताएका छन्। ओलीले भनेका छन्, “राष्ट्रपति भइसकेपछि राजनीतिमा फर्कनुहुन्छ कि हुँदैन भन्ने विषयमा मैले आफ्नो अभ्यासको आधारमा स्पष्ट दृष्टिकोण राखेको छु।”

ओलीका अनुसार, भेट च्यासलस्थित पार्टी कार्यालयमै हुनुको कारण पनि पूर्वराष्ट्रपति भण्डारीकै आग्रहमा भएको थियो। उनले १० वर्षभन्दा बढी समय पार्टी कार्यालय जान नपाएको जनाउँदै त्यहीँ भेट गर्न चाहेको बताइएको छ।

बैठकमा अध्यक्ष ओलीले पछिल्लो समय पार्टीमाथि भइरहेका प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेता तथा कार्यकर्तालाई एकजुट भएर पार्टीको रक्षा गर्न आग्रह गरे। उनले पार्टी विभाजन गर्न चाहने तत्वहरू सक्रिय रहेको भन्दै सशक्त एकता आवश्यक रहेको बताए।

ओलीले पार्टीमा ७० वर्षको उमेर सीमा र कार्यकारी पदमा दुई कार्यकालको सिमाका सम्बन्धमा पनि सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भइसकेको जानकारी दिए। “पार्टी एक ढिक्का भएर अगाडि बढिरहेको छ,” बैठकमा ओलीले भने, “विभाजन र विघटनको प्रयास गर्ने तत्वहरूबाट पार्टीलाई जोगाउन सबै एक भएर लाग्नुपर्छ।”

पार्टी सदस्यता सम्बन्धी विषयमा कुनै विवाद नरहेको र आवश्यक निर्णय केन्द्रीय कमिटीबाटै हुने ओलीको भनाइ थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय