२०८३ आश्विन २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

बंगलादेशको राजधानी ढाकामा सोमबार भएको वायुसेनाको एक प्रशिक्षण विमान दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अन्य १६४ जना घाइते भएका छन्।

बंगलादेशी सञ्चारमाध्यम द डेली स्टार का अनुसार, विमान ढाकास्थित माइलस्टोन स्कूल एन्ड कलेजको भवनमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको हो। दुर्घटनामा घाइते भएका व्यक्तिहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।

प्राप्त जानकारीअनुसार, ७० जना घाइतेलाई नेशनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा पुर्‍याइएको थियो, जहाँ दुई जनाको मृत्यु भएको छ। घाइतेमध्ये १४ जनालाई कम्बाइन्ड मिलिटरी हस्पिटल (सीएमएच) लगिएको थियो, जहाँ ११ जनाको शव राखिएको छ।

त्यस्तै, अन्य दुई मृतकलाई कुर्मितोला सदर अस्पतालमा र थप दुई जनालाई लुब्ना जनरल हस्पिटल एन्ड कार्डियाक सेन्टरमा पुर्‍याइएको बताइएको छ।

दुर्घटनाको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। घटनाको अनुसन्धान भइरहेको बंगलादेशी अधिकारीहरूले बताएका छन्।

दुर्घटनापछि सुरक्षाकर्मी, उद्धारकर्मी तथा अग्निनियन्त्रक टोली घटनास्थलमा खटिएका थिए। स्थानीय बासिन्दा र विद्यार्थीहरू त्रसित भएका थिए भने क्षतिग्रस्त भवन क्षेत्रमा ठूलो भीड लागेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय