२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी |

प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ गतेबाट सुरु हुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा ओली दुईदिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली जानेछन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यो सम्भवतः ओलीको अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ। भदौ ३१ मा दिल्ली पुग्ने नेपाली सरकारी प्रतिनिधिमण्डल असोज १ मा फर्किने कार्यक्रम छ।

यसपटकको भ्रमण कुनै ठूला एजेन्डाभन्दा पनि द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने, विगतका सहमति र परियोजनाहरुलाई निरन्तरता दिने, र केही नयाँ परियोजना अघि बढाउनेमा केन्द्रित हुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। भ्रमणअघि दिल्लीमा दुईपक्षीय सीमा व्यवस्थापन समूह (बोर्डर वर्किङ ग्रुप) को गृहसचिव स्तरको बैठक बस्नेछ, जसको तयारी नेपालले सुरु गरिसकेको छ।

भ्रमणको क्रममा ओली–मोदीबीच सीमा, चुच्चे नक्सा लगायतका संवेदनशील विषयहरूमा छलफल हुने अनुमान गरिएको छ। विशेष गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा संविधान संशोधनमार्फत पारित गरेपछि भारत असन्तुष्ट रहेको सन्दर्भमा यो विषय प्रारम्भिक तहमै उठ्ने देखिएको छ।

गत चैतमा थाइल्यान्डमा आयोजित बिमस्टेक शिखर सम्मेलनका क्रममा ओली र मोदीबीच एक्लाएक्लै भेट भए पनि सम्बन्धमा सौहार्द बन्न सकेको थिएन। त्यसयता दुई नेताबीच यो पहिलो प्रत्यक्ष भेट हुनेछ।

यसैबीच, प्रधानमन्त्री ओलीले दिएको काठमाडौं भ्रमणको निमन्त्रणालाई यसपटक भारतले चासोका साथ लिएको छ। सरकारी स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी आगामी कात्तिकको पहिलो हप्तामा नेपाल भ्रमणमा आउन सक्ने प्रारम्भिक समझदारी बनिसकेको छ। तर, मोदी काठमाडौं नभइ नेपालको कुनै धार्मिक, पर्यटकीय वा व्यापारिक स्थल भ्रमणमा सीमित हुने सम्भावना रहेको जनाइएको छ। प्रधानमन्त्री ओलीले त्यहीँ स्वागत गर्ने तयारी हुने संकेत गरिएको छ।

मोदीको सम्भावित भ्रमण पनि छोटो हुने बताइएको छ। दुई नेताबीचको यो परस्पर भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय