२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

रुसको पूर्वी क्षेत्र आमुरस्थित टिण्डा सहरतर्फ जाँदै गरेको यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ। विमानमा ४९ जना सवार रहेको जनाइएको छ।

स्थानीय अधिकारीहरूका अनुसार ‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ मोडलको उक्त विमान टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको हो। टिण्डा चीनसँग सिमाना जोडिएको दुर्गम तथा पहाडी भूभागमा पर्छ।

सीएनएनले गभर्नर भासिली ओरलोभलाई उद्धृत गर्दै विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार रहेको उल्लेख गरेको छ। यद्यपि, रुसको आपतकालीन मन्त्रालयले विमानमा करिब ४० जना मात्र सवार रहेको बताएको छ। यात्रु संख्यामा केही अन्योल देखिएको छ।

गभर्नर ओरलोभले दुर्घटनास्थलको सम्भावित क्षेत्रमा सुरक्षाकर्मी, उद्धार टोली र आवश्यक स्रोतसाधन परिचालन गरिएको जानकारी दिएका छन्। “विमानको खोजीका लागि आवश्यक सबै उपायहरू अपनाइएका छन्,” उहाँले बताएका छन्।

तर, मौसम र भौगोलिक अवस्था अनुकूल नहुँदा खोजी तथा उद्धार कार्यमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन्। विमान सम्पर्कविहीन भएको स्थान अत्यन्त दुर्गम तथा वनजङ्गलयुक्त क्षेत्र भएकाले हेलिकप्टर र अन्य उपकरण प्रयोग गरेर खोजी कार्य भइरहेको छ।

रुसी नागरिक उड्डयन क्षेत्रमा पछिल्ला वर्षहरूमा सुरक्षासम्बन्धी चिन्ताजनक घटनाहरू देखिँदै आएका छन्। यस घटनाले पुनः विमान सुरक्षाप्रतिको गम्भीर प्रश्न खडा गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय