२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी |

सप्तरी जिल्लामा पछिल्लो पाँच दिनको अवधिमा चार जना व्यक्तिहरू विभिन्न स्थानमा मृत अवस्थामा फेला परेका छन्। एकपछि अर्को गरी शङ्कास्पद र दर्दनाक घटनाहरू सार्वजनिक भइरहेका बेला स्थानीयवासीहरूले सुरक्षाको माग गर्दै प्रहरीको अनुसन्धानप्रति पनि प्रश्न उठाएका छन्।

धान खेतमा अज्ञात शव भेटियो

सबैभन्दा पछिल्लो घटना बुधबार राजगढ गाउँपालिका–५, मलेकपुर कामत टोलमा सार्वजनिक भएको हो। स्थानीय गुलाब सिंहको धान खेतमा अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गर्दै अनुसन्धान थालेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार, शवको पहिचान खुल्न सकेको छैन तर मृतक मुस्लिम समुदायजस्तो देखिएको प्रारम्भिक अनुमान गरिएको छ।

ससुरालीमै मृत भेटिएका जितेन्द्र यादव

यसअघि मङ्गलबार, विष्णुपुर गाउँपालिका–१, खुरहुरियाका २१ वर्षीय जितेन्द्र यादव सोही जिल्लाको राजगढ गाउँपालिका–३ स्थित आफ्नै ससुराली घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। शव शंकास्पद अवस्थामा भेटिएकाले पोष्टमार्टमका लागि धरान पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२२ वर्षीय युवाको शव मट्टिगढामा फेला

मङ्गलबारकै दिन अग्निसाई कृष्णासवरण गाउँपालिका–३, रामजानकी टोलमा स्थानीय बलराम चौधरीका छोरा कृष्णकुमार चौधरी (गोलु) मृत फेला परेका थिए। घटनाको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन।

महिला मृत फेला परेपछि थप तनाव

यसअघि शनिबार, राजविराज नगरपालिका–८ हिमालय टोलमा कृष्ण पोखरेलको घरमा डेरा गरी बस्दै आएकी २९ वर्षीया ऋतु पौडेल आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ।

स्थानीयको चिन्ता र प्रहरीको प्रतिक्रिया

यस्ता घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहँदा स्थानीयवासीले अपराध नियन्त्रणमा प्रहरीको कमजोरी रहेको भन्दै चासो व्यक्त गरेका छन्। उनीहरूका अनुसार दोषीहरूलाई कारबाहीको प्रक्रिया कमजोर हुँदा यस्ता घटनामा वृद्धि भएको हो।

तर, प्रहरी प्रवक्ता बस्नेतले भने, “सबै घटनाहरूको सूक्ष्म अनुसन्धान भइरहेको छ, कुनै पनि घटना गम्भीर रूपमा लिएर अनुसन्धान अगाडि बढाइएको छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय