२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध |

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको छ।

उक्त विधेयक २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो भने २०८१ चैत ४ गते राष्ट्रियसभाले पारित गरिसकेको छ। अब प्रतिनिधिसभाले उक्त विधेयकमाथि छलफल गरी पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।

विधेयकमा आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धानलाई प्रवर्धन गर्ने, विशेषज्ञ सेवा प्रदान गर्ने, नवीनतम प्रविधिको विकास र विस्तारमार्फत आँखा स्वास्थ्यमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा तिलगङ्गा नेत्र विश्वविद्यालय स्थापना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सरकारले नेपालमा बढ्दो आँखासम्बन्धी स्वास्थ्य चुनौतीलाई सम्बोधन गर्न उच्चस्तरीय जनशक्ति उत्पादन र स्वास्थ्य सेवा विस्तार गर्नका लागि सो विश्वविद्यालय स्थापना गर्न विधेयक अघि सारेको हो

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय