२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध |

भारतको नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाली दूतावास र भारतीय सुरक्षाअधिकारीको समन्वयमा नियन्त्रणमा लिएर नेपाल फिर्ता गरिएको छ।

उनीहरू बिना अनुमति (एनओसी) कुवेत जान लागेका बेला दिल्लीस्थित नेपाली दूतावासले हस्तक्षेप गरी बिहीबार राति स्थलमार्ग हुँदै सुनौली नाका भएर रूपन्देही पुर्याएको हो। दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश मल्लको टोलीले महिलाहरूलाई सुरक्षासहित रूपन्देही ल्याएर जिल्ला प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव घिमिरेले जानकारी दिनुभयो।

प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई हाल प्रहरीले काठमाडौँ ल्याउँदैछ, जहाँ उनीहरूमाथि थप अनुसन्धान हुने बताइएको छ।

यस घटनापछि गृहमन्त्री रमेश लेखकले गम्भीर ध्यान दिँदै मानव बेचबिखन ब्यूरोलाई तत्काल आवश्यक अनुसन्धान गर्न निर्देशन दिनुभएको छ। गृहमन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, “वैदेशिक रोजगारीमा अवैध रूपमा जान खोज्ने कार्य आपराधिक प्रकृतिको भएकोले यसमा संलग्न दलाल र व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याइनेछ।”

गृहमन्त्री लेखकले यस्ता घटनाको जडसम्म पुगेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। पछिल्लो समय भिजिट भिसाको नाममा खाडी मुलुकमा महिलाहरूलाई अवैध रूपमा लैजाने क्रम बढिरहेका बेला भएको यो कारबाहीले मानव तस्करहरूविरुद्ध कडाइका लागि सरकार गम्भीर देखिएको संकेत मिलेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय