२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल एयरलाइन्समार्फत पहिलोपटक काठमाडौंदेखि मलेसियाको कोलालम्पुरसम्म यात्रा गर्दा   समाजसेवी तथा नागरिक अगुवा केपी अधिकारीले आफूले भोगेको गम्भीर र असहज अनुभव सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै जहाजभित्र देखिएको दुर्व्यवस्था र गैरजिम्मेवारपनबारे गुनासो पोखेका छन्।

अधिकारिका अनुसार, उनले पहिलो पटक नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानबाट यात्रा गर्ने मौका पाए पनि त्यो अनुभव ‘अव संभवतः अन्तिम हुने’ जस्तो लाग्ने खालको बन्यो। पोस्टमा उनले लेखेका छन्, “दर्जनौं अन्तर्राष्ट्रिय र सयौं राष्ट्रिय हवाई यात्रा गरिसकेको म, नेपाली झण्डावाहक जहाज चढ्न नपाएकोमा दुःखी थिएँ। आज चढ्ने मौका पाएँ तर अब फेरि चढ्ने जाँगर आएन।”

उडुस / तस्बिर: केपी अधिकारीको फेसबुक

अधिकारीले जहाजमा उडुस  फेला परेको र उक्त गुनासो गर्दा पनि एयर होस्टेसहरुले ध्यान नदिएको बताएका छन्। “उडुस देखाएँ, सरी भन्ने पनि होइन, पट्याएर लगे र फालिदिए,” ।

त्यति मात्र होइन, उनले जहाजभित्रको सिटहरू फोहोर रहेको र एयर होस्टेसहरूको व्यवहार पनि “उस्तै पट्यारलाग्दो” भएको गुनासो गरेका छन्। खानाको सेवा पनि ढिलो गरिएको भन्दै उनले लेखेका छन्, “उडानको दुई घण्टापछि मात्रै खाना ल्याइयो। त्यो पनि राति १२ बजे।”

अधिकारीले  “कहिले हुन्छ सुधार?”  गम्भीर प्रश्न उठाएका छन् साथै उनले उक्त घटनाका प्रमाणस्वरूप केही तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् र भिडियो फुटेज पनि आफूले सुरक्षित राखेको बताएका छन्।

नेपाल एयरलाइन्सका सम्बन्धित निकायले यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। यद्यपि, यात्रुबाट बारम्बार आउने यस्ता गुनासाले राष्ट्रिय ध्वजावाहकको छवि र विश्वसनीयतामा गम्भीर प्रश्न खडा गरेको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय