२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

इरानको जेलमा थुनामा रहेका पाँच नेपाली नागरिक थुनामुक्त भई स्वदेश फर्किएका छन्। तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूतालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा उनीहरू ८ साउनमा काठमाडौं आइपुगेका हुन्।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनीहरू स्वदेश फर्किएको जानकारी दिएको हो। मन्त्रालयले इरानी अदालतको आदेशपछि उनीहरूलाई थुनामुक्त गराइएको उल्लेख गरेको छ।

हालै इजरायल र इरानबीच भएको युद्धविरामपछि क्षेत्रको सुरक्षा स्थिति केही सहज हुँदै गएको छ। द्वन्द्वको चपेटामा परेका नेपालीहरूलाई सुरक्षित रूपले स्वदेश फर्काउने प्रयासमा सरकार सक्रिय रहेको मन्त्रालयले जनाएको छ।

यसअघि द्वन्द्वका बेला भारत सरकारसँगको समन्वयमा ९ जना नेपाली नागरिकलाई उद्धार गरी तीन चरणमा नेपाली भूमिमा ल्याइएको थियो। ती नेपालीहरू भारतीय वायुसेनाको विमानमार्फत फिर्ता गरिएको हो।

सरकारले विदेशमा संकटमा परेका नेपालीहरूको सुरक्षालाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय