२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी विवादको छानबिनका लागि गठन गरिएको संसदीय विशेष समितिको म्याद सात दिन थप गरिएको छ। समितिका संयोजक तथा नेपाली कांग्रेसका सांसद जीवन परियारले अनुसन्धानका लागि थप समय आवश्यक भएको जनाउँदै सभामुखसमक्ष निवेदन दिएका थिए।

सभामुख देवराज घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठकमा समितिको कार्यावधि सात दिन थप्ने प्रस्ताव प्रस्तुत गरेपछि बैठकले सो प्रस्ताव पारित गरेको हो। यसअघि प्रतिनिधिसभाले असार २३ गते सात सदस्यीय विशेष समिति गठन गर्दै २१ दिनको समय दिएको थियो। थप म्यादसहित समितिको नयाँ कार्यावधि साउन ११ गते सकिनेछ।

समितिमा नेपाली कांग्रेसबाट सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली, र राप्रपाबाट रोशन कार्की सदस्य छन्।

विधेयकको प्रारम्भिक मसौदामा अवकाश वा राजीनामा दिएका कर्मचारीले पुनः नियुक्ति पाउनका लागि दुई वर्षको ‘कुलिङ पिरियड’ अनिवार्य गर्ने व्यवस्था गरिएको थियो। यो व्यवस्था राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर आएको थियो। तर, प्रतिनिधिसभाबाट पारित भएको अन्तिम विधेयकमा उक्त व्यवस्थालाई कमजोर पार्ने नयाँ दफा थपिएको पाइएको छ, जसले विधेयकको विश्वसनीयता र प्रक्रियामाथि प्रश्न उठाएको छ।

समितिले अब विधेयकमा यस्तो संशोधन कसरी, कहिले र किन समावेश गरियो भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय