२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले आफू पार्टी राजनीतिमा फर्कन चाहेको र त्यसका लागि एमालेको सदस्यता नवीकरण गरिसकेको स्पष्ट पारेकी छन्। एमालेबाट निष्कासनपछि पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कदमलाई विवादास्पद बनाउने कुनै कारण नरहेको बताइन्।

भण्डारीले भनिन्, “म राजनीतिक व्यक्ति भएकैले राष्ट्रपतिको जिम्मेवारीमा पुगेकी हुँ। अब राजनीतिक दलमा पुनः सक्रिय भएर देश र जनताको सेवा गर्न चाहन्छु, यो अनौठो होइन।”

उनले एमालेको सदस्यता नवीकरण प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै, त्यसका आधारमा आफूलाई निष्कासन गर्ने निर्णय अवैध र पार्टीविरोधी भएको टिप्पणी गरिन्। “म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम लेखाइसकेको छु, मलाई कुनै पदको लालसा छैन,” उनले भनिन्।

भण्डारीले एमालेले गरेको निर्णयलाई आवेग र उत्तेजनामा गरिएको भन्दै त्यस्तो निर्णयले पार्टीको साखमा आघात पुग्ने चेतावनी दिइन्। “मलाई दलमा आबद्ध भएर काम गर्न संविधानले रोक्दैन। यो घामजत्तिकै छर्लङ्ग कुरा हो,” उनले जोड दिइन्।

उनले संविधान, कानुन र जबजको मर्मले पनि आफूजस्ता व्यक्तिलाई राजनीति गर्न निषेध नगरेको दाबी गर्दै भनिन्, “मलाई सदस्यताबाट वञ्चित गराउने कुनै वैधानिक कारण छैन।”

एमालेको निर्णयको वैधतामाथि प्रश्न उठाउँदै भण्डारीले अब आफ्नो राजनीतिक यात्रामा पुनः सक्रिय हुने संकेत दिएकी छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय